कात्तिक १३, २०८३ शुक्रबार

काठमाडौँ, १३ कात्तिकः नेपाल नेत्रज्योति सङ्घले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा थप रु १६ लाख ३३ हजार एक सहयोग गरेको छ ।

सङ्घले उक्त रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो । सहयोग रकममध्ये सङ्घको तर्फबाट रु एक लाख आठ हजार ४०१ र अन्तरराष्ट्रिय साझेदार संस्था अर्बिस इन्टरनेशनलबाट रु १५ लाख २४ हजार ६०० प्राप्त भएको हो ।

यसअघि सङ्घले कोषमा रु एक करोड ४१ लाख ४१ हजार १४१ सहयोग रकम जम्मा गरिसकेको जनाएको छ ।