कात्तिक ११, २०८३ बुधबार

भद्रपुर (झापा), ११ कात्तिकः झापामा गत भदौको तुलनामा असोज महिनामा सवारी दुर्घटनाको ग्राफ उल्लेख्य रूपमा बढेको छ । असोजमा भएका १५५ वटा सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने २४७ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्कअनुसार भदौमा ८८  सवारी दुर्घटना भएकामा असोजमा १५५ पुगेको हो । एक महिनाको अवधिमा दुर्घटनाको सङ्ख्या ६७ ले बढेको छ । भदौमा चार जनाको मृत्यु भएकामा असोजमा १३ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, भदौमा १३५ जना घाइते भएकामा असोजमा यो सङ्ख्या बढेर २४७ पुगेको छ ।

यसअघि साउनमा ३९ वटा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो भने ४० जना घाइते भएका थिए । प्रहरीको तथ्याङ्कले साउनदेखि असोजसम्म दुर्घटनाको सङ्ख्या निरन्तर बढेको देखाउँछ । यद्यपि, दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या भने साउनको तुलनामा भदौमा घटेको थियो ।

प्रहरीका अनुसार भदौमा भएका ८८ दुर्घटनामध्ये ७८  चालकको लापरवाहीका कारण भएका थिए । असोजमा पनि चालकको लापरवाहीका कारण ८७ वटा दुर्घटना भएको विवरणमा उल्लेख छ ।

यसैबीच, असोजमा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार ६३  सवारीसाधन कारबाहीबाट रु २० लाख ५१ हजार ५०० राजस्व सङ्कलन भएको प्रहरीेले जनाएको छ ।