असोज २२, २०८३ बिहिबार

भोजपुर, २२ असोजः भोजपुर नगरपालिकाकी उपप्रमुख निर्मला शेर्पाले  पदबाट राजीनामा दिनुभएको छ ।आफू आबद्ध नेकपा (एमाले)ले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेपछि नैतिकताका आधारमा उपप्रमुख पदबाट राजीनामा दिएको उहाँले बताउनुभयो 

यसैगरी, नेकपा (एमाले)बाट निर्वाचित भोजपुर नगरपालिका–८ का वडाध्यक्ष नवीन प्रधानले पनि पदबाट राजीनामा दिनुभएको छ । उहाँलाई पनि पार्टी हितविपरीत काम गरेको भन्दै एमालेले कारबाही गरेको थियो ।रासस