असोज १८, २०८३ आइतबार

काठमाडौँ, १८ असोजः नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँमा सुरु भएको छ ।

    ‘परम्पराको सम्मान र परिवर्तनको सङ्कल्पः समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ नारासहित केहीबेर अगाडि सुरु भएको महाधिवेशनमा मुलुकका विभिन्न दलका शीर्ष नेताको सहभागिता रहेको छ । पार्टीका सभापति गगनकुमार थापाले महाधिवेशनको उद्घाटन गमलाको बिरुवामा जल सिञ्चन गरी गर्नुभयो ।

    उद्घाटन सत्रमा सभापति थापासँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका महासचिव शङ्कर पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेता सहभागी हुनुहुन्छ ।

    उद्घाटन सत्रमा वक्ताहरुले बोल्नेक्रम जारी छ । महाधिवेशनको बन्दसत्र र अन्य कार्यक्रम भने सोमबार र मङ्गलबार हुनेछ । निर्वाचन कार्यक्रमका लागि असोज २१ र असोज २२ गते  तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।