असोज ११, २०८३ आइतबार

भक्तपुर, ११ असोजः आज बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरको सूर्यविनायक नगरपालिका –४ र ५ भएर बग्ने घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन तत्काल रु दुई करोड निकासा  गर्ने बताउनु भएको छ ।

    बाढीको जोखिम भएका स्थानको  निरीक्षणपछि तटबन्धनका निम्ति उक्त रकम निकासा गर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, “प्रभावित क्षेत्रको संरक्षणका लागि विपद् कोषबाट रु. करोड निकासा गर्नेछौँ ।