असोज ९, २०८३ शुक्रबार

बागमती, ९ असोजः लगातारको वर्षासँगै कान्ति लोकपथका विभिन्न स्थानमा पहिरो खस्दा हेटौँडाबाट उक्त मार्गमा सञ्चालन हुने यातायात सेवा प्रभावित भएको छ ।

    कान्ति लोकपथअन्तर्गत ललितपुरतर्फ विभिन्न तीन स्थानमा पहिरो खसेकाले उक्त सडक अवरुद्ध भएको मकवानपुरका प्रहरी प्रमुख श्यामबहादुर खत्रीले राससलाई जानकारी दिनुभयो ।

    यसैबीच, कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा पानीको सतह  सामान्य रहेको जानकारी दिनुभयो ।