असोज ८, २०८३ बिहिबार

भद्रपुर (झापा), ८ असोजः यहाँस्थित प्रादेशिक अस्पतालमा  सञ्चालित एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी)बाट   आर्थिक वर्ष २०८२/८३ मा १६२ जना हिंसापीडितले सेवा लिएका छन् ।

    केन्द्रका अनुसार सेवा लिनेमा १५९ महिला, दुई पुरुष र एक जना अन्य छन् । पीडितमध्ये १० वर्षभन्दा कम उमेरका १५ जना, १० देखि १४ वर्षका ३६ जना, १५ देखि १८ वर्षका ५७ जना, १९ देखि ४९ वर्षका ५१ जना, ५० देखि ६० वर्षका एक जना र ६० वर्षमाथिका दुई जना छन् ।

    केन्द्रबाट सेवा लिनेमा जबर्जस्ती करणीका १०६ जना, यौनजन्य दुर्व्यवहारका २४ जना, मानसिक हिंसाका १२ जना, शारीरिक हिंसाका ११ जना, अपहरणका पाँच जना र बेवारिसे अवस्थामा भेटिएका चार जना रहेका छन् ।

    आर्थिक वर्ष २०८१/८२ मा ओसिएमसीबाट १४४ जना हिंसा पीडितले सेवा लिएका थिए ।