असोज ८, २०८३ बिहिबार

दमौली (तनहुँ), ८ असोजः तनहुँ ख्रिष्टियन समाजले भोटेकोशी बाढी प्रभावितका लागि रु दुई लाख सहयोग प्रदान गरेको छ । 

    समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम दाखिला गरेको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले राससलाई बताउनुभयो । 

    समाजका अध्यक्ष कृष्णदेव श्रेष्ठले “बाढीपीडितको राहत र पुनःस्थापनाका लागि सरकारसँग हामी पनि छौँ भन्ने सन्देश दिन सहयोग गरेका हौँ”, भन्नुभयो । 

    प्रमुख जिल्ला अधिकारी तिवारीले प्राप्त सहयोगप्रति आभार व्यक्त गर्नुभयो । 

    यसैबीच, व्यास नगरपालिकाले भोटेकोशी बाढीपीडितको सहायतार्थ राहत कोष सञ्चालन स्थापना कोष स्थापना गरेको छ । कोषमा रु तीन लाख सङ्कलन भएको छ ।