काठमाडौँ, ७ असोजः प्रतिनिधिसभाका सभामुख सभामुख डोलप्रसाद (डिपी) अर्यालको सभापतित्वमा प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न भएको छ ।
बैठकमा प्रतिनिधिसभामा प्रस्तुत गर्न बाँकी रहेका दर्ता विधेयकहरूको सङ्ख्या ठूलो रहेको सन्दर्भमा असोज १६ गतेभित्र ती विधेयकहरूलाई सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाउने गरी कार्यसम्पादन अघि बढाउने विषयमा परामर्श भएको छ ।
उक्त कार्यभार व्यवस्थापनका लागि असोज ८ र १२ गतेसमेत प्रतिनिधिसभाको बैठक सञ्चालन गर्ने तथा २०८३ असोज ७ देखि १६ गतेसम्मको सम्भावित कार्यतालिकाभित्र उपलब्ध कार्यभार व्यवस्थापन गर्ने सम्बन्धमा समितिबाट परामर्श प्राप्त भएको छ ।