मंसिर ४, २०७८ शनिबार


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएअनुसार देशभर थप २ सय ४२ जना कोरोना सङ्क्रमित थपिएका छन् । ७ हजार १३६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २०९ र एन्टिजेन विधिबाट ३३ जनामा सङ्क्रमण पुष्टि भएको  हो । 

यही अवधिमा थप ४ सय ४४ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै नेपालमा कूल सङ्क्रमितमध्ये ७ लाख ९९ हजार ९८९ जना निको भएका छन् । नेपालमा निको हुने दर ९७.७ प्रतिशत छ । हाल देशभर ७ हजार ३०३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

त्यस्तै, कोरोना सङ्क्रमणबाट थप १ जनाको मृत्यु भएको पनि भएको छ । हालसम्म कूल ११ हजार ४९५ जना सङ्क्रमितको मृत्यु भइसकेको छ । नेपालमा कोरोनाको मृत्यु दर १.४ प्रतिशत रहेको छ । यता, पछिल्लो २४ घण्टामा १ लाख ३ हजार २ सय ९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । खोप अभियान सुरु भए यता अहिलेसम्म १ करोड ६९ लाख ८६ हजार ३६९ मात्रा खोप लगाइसकिएको छ । यसमध्ये कम्तीमा एक मात्रा लगाउने ९१ लाख ९ हजार ६६६ जना रहेका छन् भने पूर्ण मात्रा खोप लगाउने ७८ लाख  ७६ हजार ७०३ जना छन् ।