भदौ २६, २०८३ शुक्रबार

गण्डकी, २६ भदौः गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेशसभाबाट पारित भई आएको ‘गण्डकी प्रदेशमा खाद्य अधिकार तथा खाद्य गुणस्तर सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गर्नुभएको छ । 

    प्रदेश प्रमुख भट्टले संविधानको धारा २०१ को उपधारा (२) बमोजिम उक्त विधेयक आज प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रवीण पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

    प्रदेशसभा सचिवालयले यही भदौ १८ गते उक्त विधेयक प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो । विधेयक प्रमाणीकरण भएसँगै उक्त विधेयक अब कानुनका रूपमा कार्यान्वयनको प्रक्रियामा अघि बढ्ने जनाइएको छ ।