भोजपुर, २५ भदौः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भोजपुरको अध्यक्षमा जनक नेपाल सर्वसम्मत चयन हुनुभएको छ ।
आज सम्पन्न अधिवेशनले नेपालको अध्यक्षतामा १२ सदस्यीय नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो । अधिवेशनबाट उपाध्यक्षमा पूर्णबहादुर खत्री, सचिवमा रोशन मोक्तान र कोषाध्यक्षमा गौरव तिवारी चयन हुनुभएको छ ।
त्यसैगरी नयाँ गठित कार्यसमितिको सदस्यहरूमा बद्रीनाथ श्रेष्ठ, पुरुषोत्तम दाहाल, विज्ञान न्यौपाने, निर्मला दर्जी, सीताराम खत्री, यामबहादुर बस्नेत, शर्मिला श्रेष्ठ र खड्गबहादुर श्रेष्ठ रहनुभएको छ । राप्रपा कोशी प्रदेशका अध्यक्ष राम थापाको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा पार्टीका स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।