पछिल्लो २४ घन्टामा देशभर २ सय ९६ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार ८ हजार ९ सय ७२ जनामा गरिएको पिसिआर र एन्टिजेन परीक्षणमा २ सय ९६ जनामा संक्रमण पुष्टि भएको हो।
यो अवधिमा ३ सय ६९ जना संक्रमणमुक्त भएका मन्त्रालयको विवरणमा उल्लेख छ। हाल देशभर ७ हजार ५ सय ३९ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ।
जसमध्ये ७ हजार ६० जना होम आइसोलेसनमा छन् भने ४ सय ७९ जना संस्थागत आइसोलेसनमा छन्। तीमध्ये २ सय ३१ जना आइसियु र ५६ जना भेन्टिलेटरमा रहेका मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ जना संक्रमितको मृत्यु भएको छ।