भदौ २४, २०८३ बुधबार

इस्लामाबाद, २४ भदौ : पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा छ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । उद्धार अधिकारीले बुधबार उक्त जानकारी दिएका छन्।

    मङ्गलबार राति थट्टा जिल्लामा दुर्घटना भएको हो। दुर्घटनाको सूचना प्राप्त भएपछि ‘रेस्क्यु ११२२’को टोली तत्काल घटनास्थलमा पुगेको थियो।

    स्थानीय बासिन्दाले निजी सवारीसाधनमार्फत मृतक छ जनाको शव अस्पताल पु¥याएका थिए। घाइते १८ जनालाई भने रेस्क्यु ११२२को टोलीले सिभिल अस्पताल मक्लीमा पु¥याएको थियो।

    अधिकारीका अनुसार मृतकमध्ये दुई महिला र चार पुरुष छन्। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको अधिकारीले बताएका छन्।