कात्तिक ३०, २०७८ मंगलबार

नारी होस् या पुरुष, अश्लील विचार आउनु सामान्य कुरा हो । यत्ति फरक हो, कोही खुलेर कुरा गर्छन्, कोही गोप्य राख्छन् । आखिर अश्लील विचार किन आउँछ त ? आपत्तिजनक फिल्म देख्दा या एक्लै रहँदा मानिसमा यस्ता विचार सवार हुन सक्छन् । त्यसैले अश्लील तस्बिर, चित्र, फिल्म, पुस्तक या पत्रिकासँग टाढै बस्ने कोसिस गर्नुहोस् । आफूलाई केही न केही काममा व्यस्त राख्नुहोस् । थोरै ध्यान सिर्जनशील कर्म या धार्मिक कुरामा लगाएर हेर्नुहोस्, केही न केही फरक पर्छ नै ।