कात्तिक २९, २०७८ सोमबार

नेपाली सेनाकाे एक टाेलीले बाजुरामा एकजना बिरामीको डाेकाेमा बाेकेर उद्वार गरेका छन् । शनिबार बाजुरा जिल्लास्थित त्रिवेणीधाममा भजनकीर्तन गर्ने क्रममा अचानक विरामी भएका ५५ वर्षका योगी पवन नाथलाई खप्‍तड राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ श्री सिंह शार्दूल गुल्मको मेडिकल टोलीले प्राथमिक उपचार गर्दा समेत सुधार नभएकाले गुल्मको टोलीले सुरक्षा से.मु.झिग्राना पुर्‍याइ सो स्थानबाट जीपबाट जिल्ला अस्पताल, डोटीमा पुर्‍याएको सेनाले जनाएको छ । उक्त ठाउँबाट सडक निकै टाढा रहेकाले सेनाले बाेकेर उद्वार गरेको हाे ।