भदौ १५, २०८३ सोमबार

महोत्तरी, १५ भदौः महोत्तरीका विभिन्न सङ्घसंस्था तथा विभिन्न व्यक्तिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज राहत रकम दाखिला गरेका छन् । 

    भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतका लागि ७५ वर्षीया देवकुमारीले २० हजार, योग प्रशिक्षक सुमित्रा भट्टराईले रु ५१ र  बर्दिबास-१ देउराली कीर्तन महिला समूहले रु ३० हजार दाखिला गरेको छन् । 
 
    त्यसैगरी, बर्दिबास–१० खयरमाराका सामाजिक अगुवा पोषण थापाले  ५० हजार, नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ, मधेस प्रदेशले १० लाख ७९ हजार, बर्दिबास उद्योग वाणिज्य सङ्घले  आठ लाख,  भङ्गाहा नगरपालिकाले  १५ लाख रुपैयाँ कोषमा  दाखिला गरेका छन् । 

    यसैगरी गौशाला, बर्दिबास र औरही नगरपालिकाले क्रमशः १० लाख, १२ लाख ५० हजार र पाँच लाख कोषमा पठाउने संस्थागत निर्णय गरेका छन् ।