नेपालमा थप ३९७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ९ हजार १३४ जनाको पिसिआर परीक्षण र १९३२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। नेपालमा हाल ७ हजार ४९८ जना सक्रिय संक्रमित छन्।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४६९ पुगेको छ।
३८९ जना निको समेत भएको मन्त्रालयले जनाएको छ।