साउन ६, २०८३ बुधबार

काठमाडौँ,  ६ साउनः महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ ।

महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब रु तीन लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

काभ्रेको बनेपा नगरपालिका–१ दुलाल गाउँस्थित लक्ष्मण दुलालको गोठमा विद्युत् सर्ट भई मङ्गलबार राति आगलागी हुँदा गोठ पूर्णरूपमा जल्दा करिब रु दुई लाख ४० हजार बराबरको नाक्सान भएको छ ।

प्रहरी प्रधानकार्यालयका अनुसार  सप्तरीको कञ्चनरूप नगरपालिका–६ क्वाटर मलेठस्थित नवराज बस्नेतको गोठमा मङ्गलबार राति आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब रु दुई लाख बराबरको धनमाल नष्ट भएको छ ।