महेश सिंह/सिरहा/लहान २१ कार्तिक - केही समयअघिको अविरल वर्षाले तराई मधेसमा निकै जनधनको क्षति भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा एमाले) का नेता सरोजकुमार यादवका अनुसार नेपाल कृषि प्रधान देश भए पनि किसानहरूको पीडा ज्यूँकात्युँ छ ।
किसानहरूको समस्या बुझ्ने निकाय नै मौन रहेको भन्दै लहान ३ का किसान फौदीलाल महतोले दुखेसो पोख्दै भने "आफूले उत्पादन गरेको कृषिजन्य उपज र तरकारी बालीनालीको भाउको आफूले मूल्य निर्धारण गर्नबाट पनि बन्चित छौँ ।"
नेपाल कृषिप्रधान देश भएकाले राज्यले सबभन्दा बढी बजेट कृषि क्षेत्रमा नै छुटयाउने गरेको छ । राज्यले सच्चा किसानका लागि अनुदानको व्यवस्था मिलाए पनि राजनीतिक कारणले गर्दा गैरकिसानहरूले नै अनुदान पाएको दु:खद् अवस्था रहेको छ ।
किसान अगुवा तथा नेपाल कम्युनिस्ट पार्टी नेकपा एमालेका नेता सरोजकुमार यादवले किसानहरूले अनुदान र क्षतिपूर्ति नपाउँदा दु:ख व्यक्त गरेका छन्।