चीनले नेपाललाई अनुदानमा दिएको १६ लाख मात्रा कोभिडविरुद्धको खोप उपलब्ध गराएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार चिनियाँ राजदूत हाऊ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई खोप हस्तान्तरण गरिन्।
मन्त्री खतिवडाले चालू आवभित्र सबै नेपालीलाई खोप दिइसक्ने योजना पूरा गर्न सहयोगस्वरूप चीनले कोरोनाविरुद्ध खोप उपलब्ध गराउँदै आएकोमा आभार व्यक्त गरे। उनले हालसम्म चीनले नेपाललाई ३४ लाख खोप अनुदान सहायता दिएको जानकारी दिए।
उता चिनियाँ राजदूत यान्छीले नेपालको कोरोनाविरुद्धको अभियानमा चीनले सघाउन पाएकोमा खुसी व्यक्त गरिन्। उनले २ दिनपछि चिनियाँ सेनाले नेपाली सेनालाई ३ लाख मात्रा खोप उपलब्ध गराउने जानकारीसमेत दिइन्।
राजदूत यान्छीले कोरोना नियन्त्रण गरी नेपालको सामाजिक र आर्थिक क्षेत्र सहज बनाउन चीनले सक्दो सहायता गर्ने प्रतिबद्धतासमेत जनाइन्।
स्वास्थ्यमन्त्री खतिवडाले हालसम्म चीनबाट खरिद गरेर नेपालले कोरोनाविरुद्धको १ करोड मात्रा खोप ल्याइसकेको जानकारी पनि।
