काठमाडौँ कात्तिक १७ गते । बाढीपडित किसानलाई राहत वितरण गर्नका लागि सरकारले कार्यविधि तयार गरेको छ ।
कृषि मन्त्रालयको प्रारम्भिक क्षति विवरणअनुसार धानमा मात्र ११ अर्ब रुपियाँभन्दा बढीको क्षति भएको छ । सरकारले साढे पाँच अर्ब रुपियाँ पीडित किसानलाई राहतस्वरूप दिने निर्णय गरेको छ । त्यसका लागि प्रधानमन्त्री कार्यालयले सचिव शिशिर ढुङ्गानाको संयोजकत्वमा एउटा समिति बनेको छ । प्रदेश तथा स्थानीय तहले किसानलाई मल तथा बिउमा पनि सहुलियत दिनेछन् ।