नेकपा (माओवादी क्रान्तिकारी) का नेता सिपी गजुरेल बिरामी भएपछि अस्पताल भर्ना गरिएको छ।
सोमबार बिहान गजुरेल आफ्नै घरमा बेहोस भएर लडेका हुन्। बेहोस भएका गजुरेललाई उपचारका लागि सिभिल अस्पताल नयाँ बानेश्वरमा भर्ना गरिएको बताइएको छ। अहिले स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ।
पार्टीका नेता ईश्वर तिमल्सिनाले दिएको जानकारीअनुसार अहिले उनको होस खुलिसकेको छ।