कात्तिक १४, २०७८ आइतबार

कात्तिकको दोस्रो हप्तादेखि गहुँ छर्ने काम सुरु हुन्छ तर सरकारसँग गहुँ छर्ने वेला आवश्यक पर्ने रासायनिक मल डीएपीको मौज्दात नै छैन । 

गहुँका लागि कम्तीमा ५० हजार मेट्रिक टन डीएपी मल चाहिन्छ तर कृषि समग्री कम्पनी लिमिटेडमा हाल ३०० मेट्रिक टन मात्र मौज्दात छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडसँग त त्यो पनि छैन ।