कात्तिक १२, २०७८ शुक्रबार

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ५ सय ४९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। ७ हजार १४५ नमुनाको पीसीआर परीक्षण गर्दा ४९० र २ हजार ६०१ नमुनाको एन्टिजेन परीक्षण गर्दा ५९ जनामा गरि सो सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

गत २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप ६ जनाको मृत्यु भएको छ।

यस्तै सोही क्रममा ५ सय ६९ जना सङ्क्रमणमुक्त भएका छन्।