काठमाडौँ — बेमौसमी वर्षाका कारण किसानले लगाएको धानबालीमा भएको क्षतिको यकिन विवरण सङ्कलन गर्दै जग्गाको क्षेत्रफललाई आधार बनाएर राहत दिने बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।
सरकारले बढीमा १० कठ्ठा जग्गामा धानबाली भएकालाई क्षतिको अधिकतम ६५ प्रतिशत राहत दिनेछ । त्यस्तै, १० कठ्ठादेखि ३ बिगाहासम्म धानबालीमा क्षति भएकालाई क्षतिको ३० प्रतिशत र ठूला किसानलाई क्षतिको अधिकतम २० प्रतिशतसम्म राहत उपलब्ध गराउने निर्णय गरेको छ ।