काठमाडौँ, ११ असार : श्रीलङ्काको कोलम्बोमा सम्पन्न बालबालिका विरुद्धको हिंसा अन्त्य गर्नेसम्बन्धी दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनले क्षेत्रीय प्रतिबद्धतालाई सुदृढ पार्नेलगायत सङ्कल्प गरेको छ ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क), श्रीलङ्का सरकार, दक्षिण एसियाका लागि युनिसेफ क्षेत्रीय कार्यालय, विश्व स्वास्थ्य सङ्गठनको दक्षिण पूर्वी एसियाका लागि क्षेत्रीय कार्यालयहरू र पूर्वी भू–मध्यसागरीय र बालबालिका विरुद्धको हिंसासम्बन्धी संयुक्त राष्ट्रसङ्घका महासचिवको विशेष प्रतिनिधिको कार्यालयले यही जुन २३–२४ २०२६ सम्म सम्मेलनको आयोजना गरेको थियो ।
सम्मेलनमा दक्षिण एसियाभरका मन्त्री, वरिष्ठ सरकारी अधिकारी, बाल संरक्षण नेता, विकास साझेदार र क्षेत्रीय विज्ञहरू सहभागी थिए । सम्मेलनले बालबालिका विरुद्ध हुने हिंसा अन्त्य गर्नु नैतिक अनिवार्यता र विकास आवश्यकता भएकामा जोड दिएको थियो ।
श्रीलङ्काका प्रधानमन्त्री डा हरिनी अमरसुरियाले प्रत्येक बालबालिकालाई हिंसा, डर र शोषणबाट मुक्त भएर हुर्कने अधिकार छ । “हाम्रो साझा जिम्मेवारी भनेको समाज निर्माण गर्नु हो जहाँ प्रत्येक बालबालिका सुरक्षित, मूल्यवान र सम्मान र आशाका साथ फस्टाउने अवसर दिइन्छ’’, उहाँले भन्नुभयो ।
सार्कका महासचिव राजदूत मोहम्मद गोलम सरवारले क्षेत्रीय लडाइँ मौलिक रूपमा दिगो विकासको लागि विश्वव्यापी प्रतिज्ञामा आधारित भएकाले बालबालिकालाई सुरक्षित तुल्याउनु आवश्यक भएको बताउनुभयो ।
बालबालिका विरुद्धको हिंसासम्बन्धी संयुक्त राष्ट्रसङ्घका महासचिवका विशेष प्रतिनिधि डा नजत माल्ला मजिदले बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न बहुसरोकारवाला र सीमापार सहयोग आवश्यक भएको बताउनुभयो ।
“बढ्दो विश्वव्यापी विभाजनको समयमा, बहुपक्षीयता साझेदारलाई जोड्ने, क्षेत्र र बाहिरका समाधानको नेतृत्व गर्ने, बाल संरक्षण र कल्याणमा दिगो लगानी सुनिश्चित गर्ने सबैभन्दा बलियो उपकरण मध्ये एक हो । दक्षिण एसियामा आजको सम्मेलनले सबै सेटिङहरूमा बालबालिकाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्ने हाम्रो वाचा पूरा गर्नसँगै काम गर्न र छिटो काम गर्न जारी राख्ने एक महत्वपूर्ण क्षणको प्रतिनिधित्व गर्दछ’’, उहाँले भन्नुभयो ।
नेपालको तर्फबाट महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय, श्रीलङ्कास्थित नेपाली दूतावास र युनिसेफ नेपालका प्रतिनिधिमण्डल सहभागी थिए ।
प्रतिनिधिमण्डलको नेतृत्व मन्त्रालयका सचिव राधिका अर्यालले गर्नुभएको थियो । सचिव अर्यालले बालबालिका विरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्न विश्वस्तरको प्रतिबद्धतालाई नेपाललले पालना गर्दै आएको बताउनुभयो ।