गुईझोउ (चीन), ९असार : दक्षिणपश्चिम चीनको गुईझोउ प्रान्तका विभिन्न भागहरूमा भएको भारी वर्षाको कारण प्रान्तका नौ हजार १०० भन्दा बढी बासिन्दाहरूलाई सुरक्षित स्थानमा स्थानास्त्रण गरिएको अधिकारीहरूले मंगलबार बताएका छन् ।
प्रभावित क्षेत्रहरू मध्ये, कियानानको बौई–मियाओ स्वायत्त प्रान्तको डुयुन सहरले मङ्गलबार बिहान बाढी नियन्त्रणका लागि आपतकालीन अवस्था घोषणा मङ्गलबार विद्यालयहरु बन्द गर्न आदेश दिएको जनाइएको छ ।
अहिलेसम्म बाढीका कारण कुनै हताहत भएको खबर नआएको जनाइएको छ ।
वर्षाले प्रान्तका केही भागहरूमा बिजुली आपूर्तिमा पनि बाधा पुगेको छ, भने जिुली आपूर्ति पुन; स्थापनगर्न एक हजार भन्दा बढी पावर ग्रिड मर्मत कर्मीहरू परिचालन गरिएको जनाइएको छ ।
प्रान्तीय मौसम विज्ञान विधागका अनुसार सोमबार देखि मङ्गलबार सम्म प्रान्तका २० वटा भन्दा बढी स्थानमा काउन्टी–स्तरका क्षेत्रहरूमा भारी वर्षा भएको छ, जसमध्ये चार वटा स्थानमा यस समय अवधिमा २०० मिमी भन्दा बढी वर्षा रेकर्ड गरेको जनाइएको छ ।