असार ७, २०८३ आइतबार

दमौली (तनहुँ), ७ असारः तनहुँ हक्की सङ्घको आयोजनामा शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा आयोजित प्रदेशस्तरीय महिला तथा पुरुष हक्की प्रतियोगिता सम्पन्न भएको छ ।

शनिबार सम्पन्न प्रतियोगितामा पुरुषतर्फ स्याङ्जा प्रथम भएको छ भने महिलातर्फको उपाधि तनहुँले उचालेको छ । प्रतियोगितामा प्रथम र द्वितीय स्थान हासिल गरेका टोलीले क्रमशः रु सात र रु पाँच हजार प्राप्त गरेका छन् ।

प्रतियोगितामा तनहुँ, कास्की, स्याङ्जा र पर्वत जिल्लाको सहभागी थिए ।