असार ४, २०८३ बिहिबार

दोधारा चाँदनी (कञ्चनपुर),४ असारः  दोधारा चाँदनी नगरपालिकालाई हस्तान्तरण गरिएको शीतभण्डार सञ्चालनमा नआउँदा किसान भने मर्कामा परेका छन् ।  

    सुदूरपश्चिम प्रदेशले शीतभण्डार आर्थिक वर्ष २०७९ मा दोधारा चाँदनी नगरपालिकालाई  हस्तान्तरण गरेको थियो । प्रदेश सरकारको कूल रु ६० लाखको लागतमा  निमार्ण पुराभएको शीतभण्डार सञ्चालनमा नआपछि स्थानीय कृषकका आलु तथा प्याज लगायतका तरकारी कुँहिने समस्यामा परेको स्थानीय कृषकहरुले गुनासो गर्न थालेका छन् । 

सुदूरपश्चिम प्रदेश सरकारले निर्माण गरेर हस्तान्तरण गरेको शीतभण्डार सञ्चालनका लागि ‘थ्री फेज’ विद्युत् लाइन जडान गर्न नसक्दा प्रयोगमा ल्याउन नसकिएको दोधारा चाँदनी नगरपालिकाका कृषि विकास अधिकृत कमलावती भट्टले जानकारी दिनुभयो । 
    
यस वर्ष पाँचकट्ठा क्षेत्रफलमा आलुखेती गरेका दोधारा चाँदनी नगरपालिकाका प्रेम रोकायाले  भण्डारण गर्ने उचित ठाउँ नहुँदा उचित मूल्य नपाउने गरेको बताउनुभयो । 

उहाँले  शीतभण्डार सञ्चालन नहुँदा बिउका लागि छुट्याएर राखेको आलुसमेत कुहिन थालेको बताउनुभयो ।  पछिल्लो समय सरकारले दिने अनुदानका कारण तरकारी खेतीमा आकर्षण बढे पनि उत्पादनलाई सुरक्षित भण्डार गर्न नसक्दा यहाँका किसानहरुले नोक्सानी बेहार्नुपरेको छ