काठमाडौं, कात्तिक ४ । नेपालमा पछिल्लो २४ घण्टामा ५४५ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
गत २४ घण्टामा ६ हजार ५८६ पीसीआर तथा १९६३ एन्टिजेन परीक्षण गर्दा ५४५ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा ८ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ३ सय २६ पुगेको छ ।
बिहीबार ७२६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।
हाल देशभर ११ हजार ३१५ सक्रिय सङ्क्रमित रहेका छन् ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २१४ जना कोरोना सङ्क्रमित थपिएका छन् । काठमाडौंमा १४७, ललितपुरमा ५१ र भक्तपुरमा १६ जना सङ्क्रमित थपिएका हुन् ।