काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कुल जनसङ्ख्याको २८.२ प्रतिशत जनसङ्ख्याले कोभिड–१९ विरुद्धको पहिलो मात्रा खोप लिइसकेका छन्।
कुल जनसङ्ख्या ३ करोड ३ लाख ७८ हजार ५५ जना रहेकामा हालसम्म ८५ लाख ६२ हजार ३ सय ६५ जनाले पहिलो मात्रा खोप लगाइसकेका छन् भने ६४ लाख ८५ हजार ९ सय २३ जनाले पूर्ण मात्रा खोप लिइसकेका छन्।
१८ वर्षमाथिका ४३ प्रतिशतले पहिलो मात्रा र ३२.६ प्रतिशतले पूर्ण मात्रा खोप लिइसकेका छन्। १ करोड ९९ लाख २२ हजार १ सय ६४ जना १८ वर्ष माथिका खोप लिने लक्षित जनसङ्ख्या छ।
त्यसैगरी १५ वर्षमाथिका ३९.४ प्रतिशतले पहिलो मात्रा र २९.८ प्रतिशतले पूर्ण मात्रा खोप लिएको तथ्याङ्क छ ।