कात्तिक २, २०७८ मंगलबार

पछिल्लो २४ घण्टामा १०९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९९१६ जनामा गरिएको नमूना परीक्षणमा १०९६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।


मन्त्रालयका अनुसार सो समयावधिमा १००४ जना सङ्क्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने १२ जनाको मृत्यु भएको छ । अहिले देशभर ११८१५ जना सक्रीय सङ्क्रमित रहेका छन् ।