बैशाख १८, २०८३ शुक्रबार

ढोरपाटन (बागलुङ), १८ वैशाखः  ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५० प्रतिशत अनुदानमा यान्त्रिक हलो प्रदान गरेको छ । 

किसानलाई आधुनिकतासँग जोडेर उत्पादन बढाउन नगरपालिकाले अनुदानमा यान्त्रिक हलो उपलब्ध गराएको हो । नगरपालिकाका नौवटै वडाका व्यावसायिक खेती गर्दै आएका किसानलाई हलो उपलब्ध गराइएको हो । हलो खरिद गर्न रु २४ लाख खर्च भएको उपप्रमुख धनबहादुर कायतले जानकारी दिनुभयो । 

ढोरपाटनका अधिकांश भागमा आलु, सिमीलगायत सागसब्जीखेती हुँदै आएको छ ।  अनुदानमा यान्त्रिक हलो पाएपछि किसान खुसी भएका छन् ।