बैशाख १८, २०८३ शुक्रबार

काठमाडौँ, १८ वैशाखः नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । 

श्रमिक दिवसका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले नेपाली कम्युनिष्ट पार्टी श्रमिक वर्ग विशेषतः किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा सदैव प्रतिबद्ध रहेको बताउनुभएको छ ।