सिद्धार्थनगर (भैरहवा), १६ वैशाख: सवारी ज्यान मुद्दामा कैद सजाय तोकिएका फरार कैदीलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार तिलोत्तमा नगरपालिका–१५ सखुवानीबाट २६ वर्षीय अजय थारुलाई मङ्गलबार पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार थारु गत भदौ २४ गते कारागार कार्यालय जगन्नाथदेवल, काठमाडौँमा भएको तोडफोड तथा आगजनीका क्रममा फरार भएका थिए । पक्राउ परेका थारुलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कारागारमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।