काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा थप १ हजार ४३ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
१५ हजार ४ सय ६५ जनामा गरिएको परीक्षणबाट ६ दशमलव ७ प्रतिशतमा सङ्क्रमण देखिएको हो । थपिएकामध्ये काठमाडौंका ३ सय ४४, ललितपुरका ६१ र भक्तपुरका ३५ जना गरी उपत्यकामा ४ सय ४० जना रहेका छन् ।
उपत्यकापछि झापा ,मोरङ, सुनसरी र कास्की जिल्लामा बढी सङ्क्रमित भेटिएका छन् । यस अवधिमा ८ सय ९१ जना सङ्क्रमण मुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा सङ्क्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजार १ सय ९४ रहेको छ । तीमध्ये ३ सय ३८ जनाको आईसीयू र १ सय १५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।