काठमाडौं, असोज २०। बुधबार स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठसँग भेट गर्दै काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले चीन सरकारले नेपाललाई थप १० लाख डोज खोप अनुदानमा दिने निर्णय गरेको जानकारी दिएकी छिन् ।
यसैगरी चीनले कोभिडविरुद्धको तेस्रो लहर रोक्न आवश्यक पूर्वाधार बनाउन नेपाललाई ५० लाख चिनियाँ युआन (९ करोड २४ लाख रुपैयाँ) सहयोग पनि गर्ने निर्णय गरेको छ ।
नेपाली सेनाका लागि चीनले तीन लाख डोज खोप पनि अनुदानमा उपलब्ध गराउन लागेको राज्यमन्त्री श्रेष्ठको आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा उल्लेख गरेेेेका छन् ।