असोज १८, २०७८ सोमबार

काठमाडौं, असोज १८ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १०३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

५ हजार ८९३ पीसीआर परीक्षण गर्दा ८१२ जना र ४ हजार ९८१ एन्टिजेन परीक्षण गर्दा २१८ गरी १०३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै, थप १ हजार जना कोरोनाबाट सङ्क्रमणमुक्त भएका छन् ।

गत २४ घण्टामा थप १० जना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार १७४ पुगेको छ ।

हाल देशभर १६ हजार ६०६ जना सक्रिय सङ्क्रमित रहेका छन् ।