असोज १७, २०७८ आइतबार

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ६७९ जना सङ्क्रमित हुँदा १४०५ जना निको भएका छन् । १० हजार ९२० जनामा कोरोना परीक्षण भएको थियो । सोही अवधिमा ७ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ।  

यससँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ९७ हजार १९२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९२ हजार ३४ जना पुगेको छ।  सङ्क्रमितमध्ये हालसम्म ७ लाख ६९ हजार २२४ जना निको भएका छन् ।

यस्तै हालसम्म कुल ११ हजार १६४ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार हाल देशभर १६ हजार ८०४ जना मात्रै सक्रिय सङ्क्रमित रहेका छन् ।