असोज १७, २०७८ आइतबार

डाेटी - डोटीको शिखर नगरपालिका–६ तल्कोटमा १८ करोड रुपैयाँको लगानीमा १५ शय्याको सुविधासम्पन्न अस्पताल निर्माण भइरहेको छ ।

यही वैशाख ८ गते टेन्डर आह्वान भइ काम अगाडि बढाइएको हाे ।

अस्पतालको अहिलेसम्म कम्तीमा पनि १५ प्रतिशत काम सम्पन्न भइसकेको शिखर नगरपालिका प्राविधिक शाखा प्रमुख लोकेन्द्र खड्काले बताए ।

यस अस्पतालको भवन दुई तलाको हुनेछ । निर्माण कम्पनीसँग अस्पताल भवन दुई वर्षभित्रै निर्माण सम्पन्न गरिसक्नु पर्ने सम्झौता गरिएको नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत परमानन्द शर्माले जानकारी दिए ।

आफ्नै नगरपालिकामा सुविधासम्पन्न अस्पताल निर्माण हुन थालेपछि स्वास्थ्य सेवा लिन टाढा जानु नपर्ने भन्दै यहाँका स्थानीय निकै खुशी भएका छन् ।