असोज १६, २०७८ शनिबार

गत चौबिस घण्टाको तथ्याङ्क हेर्दा नेपालमा कोरोना सङ्क्रमण दर ८.८ प्रतिशत रहेको छ ।

परीक्षण भएका १० हजार १ सय १३ वटा नमुनामध्येमा ८ सय ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। पिसिआर र एन्टिजेन दुवै विधिबाट भने सङ्क्रमणदर ७.९ प्रतिशत रहेको छ। 

थपसहित नेपालमा सङ्क्रमितको कुल सङ्ख्या ८ लाख ८७ हजार ६ सय ८० पुगेको छ । देशभरि सक्रिय सङ्क्रमित १८ हजार १ सय १५ जना छन् । गत चौबिस घण्टामा कोरोना सङ्क्रमणबाट १३ जनाको मृत्यु भएको छ ।