असोज १३, २०७८ बुधबार

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभर थप १ हजार १५७ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । यस्तै १११३ जना सङ्क्रमणमुक्त हुँदा ८ जनाले ज्यानसमेत गुमाएका छन् ।  बितेको २४ घण्टामा १४ हजार ५४१ जनाको नमुना परीक्षण हुँदा ११५७ जनामा मात्रै सङ्क्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या पिसिआर विधिबाट भएको परीक्षणमा ७ लाख ९४ हजार १६३ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९१ हजार ३७३ पुगेको छ । सङ्क्रमितमध्ये हालसम्म ७ लाख ६४ हजार ८४७ जना निको भएको छन् । हाल निको हुने दर ९६.३ प्रतिशत रहेको मन्त्रालयको भनाइ छ । हाल देशभर १८ हजार १९३ जना सक्रिय सङ्क्रमित रहेका छन् भने सङ्क्रमितमध्ये ९९ जना भेन्टिलेटरमा रहेका छन् । यस्तै ३४५ जना आइसियूमा रहेका छन् ।