सरकारले भक्तपुरमा कोभिड–१९ विरुद्धको खोप पठाउन छाडेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
सोही कारण कार्यालयले भक्तपुरका लागि थप खोप मगाइदिन जिल्ला प्रशासन कार्यालयसँग आग्रह गरेको छ। जिल्लाका धेरै नागरिकले खोप लगाइसकेको भन्दै सरकारले थप खोप पठाउन छाडेको कार्यालयका प्रमुख कृष्ण मिजारले बताए ।