असोज ११, २०७८ सोमबार

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार २८२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। १२ हजार ८१ जनाको पिसिआर र ३ हजार ४०७ एन्टिजेन परीक्षण गर्दा १ हजार २८२ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ७ जनाको मृत्यु भएको छ भने १ हजार २६२ जना निको भएका छन्।

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार ८४८ जना रहेका छन्।