असोज ७, २०७८ बिहिबार

 नर्भिक इन्टरनेशनल हस्पिटलले ग्याष्ट्रिक तथा पेटसँग सम्बन्धित समस्या भएकाहरुलाई निःशुल्क ओपिडी सेवा दिने भएको छ। अस्पतालले असोज ९ गते शनिबार ग्यास्ट्रोइन्टेरोलोजिष्ट डा. वरुणकुमार साहबाट निःशुल्क ओपिडी सेवा दिने भएको हो।

अस्पतालका अनुसार ग्याष्ट्रिक तथा पेटसँग सम्बन्धित विभिन्न समस्या भएकाहरुले निःशुल्क ओपिडी सेवामा सहभागी भएर लाभ लिन सक्नेछन्।

निःशुल्क ओपिडी सेवा शनिबार बिहान १० देखि मध्यान्ह १२ बजेसम्म सञ्चालन हुने अस्पतालले जनाएको छ।
नर्भिकले विगत केही साताअघिदेखि आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व ९सीएसआर० अन्तर्गत प्रत्येक शनिबार कुनै न कुनै विशेषज्ञ

चिकित्सकबाट निःशुल्क ओपिडी सेवा दिँदै आएको छ। निःशुल्क ओपिडी सेवा लिन नर्भिक अस्पतालमा अग्रीम नाम टिपाउन सकिने व्यवस्था गरिएको छ।