असोज ६, २०७८ बुधबार

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको असोज ४ गतेसम्मको तथ्याङ्कअनुसार काठमाडौं उपत्यकामा ४० प्रतिशतले कोरोनाविरुद्धको दुवै डोज खोप लगाएका छन् ।  उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा ४१ प्रतिशत, भक्तपुरमा पनि ४१ प्रतिशत र ललितपुरमा ३८ प्रतिशतले कोरोनाविरुद्धको दुवै डोज खोप लगाइसकेका छन् । 


सरकारले असोज मसान्तसम्ममा खोप लगाउन योग्यमध्ये ३३ प्रतिशतलाई दुवै डोज खोप लगाउने लक्ष्यसहित अभियानलाई प्रभावकारी रूपमा अघि बढाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले चैत मसान्तसम्म खोप लगाउन योग्य सबै नागरिकलाई दुवै डोज खोप लगाउने गरी प्रक्रिया अघि बढाउन निर्देशन गरिसकेका छन् ।

बागमती प्रदेशमा २९ प्रतिशतले दुवै डोज खोप लगाएका छन् ।