आज विश्व अल्जाइमर्स दिवस ‘विस्मृतिलाई चिनौँ, अल्जाइमर्सलाई जानौँ’ भन्ने नाराका साथ विश्वभरी मनाइँदै छ ।
अल्जाइमर्स स्नायु प्रणालीमा हुने गम्भीर प्रकारको रोग हो । यसलाई बिर्सिने रोगसमेत भनेर चिनिन्छ । यो रोगबाट संसारभरका लाखौँ मानिस पीडित छन्।
यो रोग लागे पछि विस्तारै विस्तारै मस्तिष्कका कोषहरू मर्दै जान्छन् । जसका कारण विस्तारै बिर्सने, भुल्ने, नचिन्ने हुन्छ ।
यो रोगले बढ्दै जाने र लामो समयसम्म लागिरहने तथा अन्तमा अत्यन्त कठोर भएर बिरामीलाई सिकिस्त बनाइदिन्छ।
६५ वर्ष माथिका मानिसमा यो रोगको सम्भावना बढी हुन्छ।
अल्जाइमर्ससम्बन्धी एक अध्ययनअनुसार विश्वमा हरेक ३ सेकेण्डमा १ जनालाई यो रोग लागेको हुन्छ। मृत्युको कारणहरू मध्ये यो रोग सातौँ कारण हो ।
पछिल्लो समय यो रोग लाग्नेको सङ्ख्या बढ्दै गएकाले अल्जाइमर्स हुनेको सङ्ख्या सन् २०५० सम्ममा झण्डै १५ करोड २० लाख पुग्ने अनुमान गरिएको छ।
यो रोग लाग्न नदिन सन्तुलित खानपान, स्वास्थ्य परीक्षण, योग, ध्यान, व्यायाम र मनोपरामर्शमा विशेष ध्यान दिनु पर्दछ।
यो रोगको यसका लक्षणहरू
– स्मरण शक्तिको ह्रास आउने, दैनिक जीवनयापनमा कठिनाइ, खास गरी भर्खरैको घटनाहरू र व्यक्तिका नामहरू समेत बिर्सने ।
– तर्क गर्ने क्षमता हराउनु र सामान्य समस्याहरू पनि समाधान गर्न नसक्नु ।
– सामान्य काम गर्न पनि असमर्थ हुनु ।
– समय तथा स्थानको ज्ञान हराउँदै जानु।
– आँखाले देखेका कुराहरू नचिन्नु ।
– टाढाको दूरी अथवा सम्बन्ध छुट्याउन नसक्नु ।
– कुराकानी गर्दा अथवा लेख्ने बेलामा चाहिएको शब्द नभेट्नु ।
– सामानहरू कता राखे भन्ने बिर्सनु ।
– स्वविवेक शक्ति क्षीण हुनु अथवा गुम्नु ।
– घरायसी तथा व्यावसायिक क्रियाकलापबाट विमुख हुनु ।
– व्यक्तिको मुड तथा व्यक्तित्वमा परिवर्तन हुनु ।
यदी अल्जाइमर्स के गर्ने ?
भिटामिन बी नियमित सेवन गरे रोगबाट बच्न सकिने विज्ञहरू बताउँछन् । डिप्रेसन, मानसिक तनाव, निन्द्राको समस्या, लागूऔषधको प्रयोग र धेरै जाँड रक्सी पिउनेलगायतका कारण यो रोग लाग्ने खतरा हुन्छ । यस्ता कुलत समयमै छोड्नु पर्छ ।
यस्तै समयमै उच्च रक्तचापको उपचार, शरीरको तौल नियन्त्रण, नियमित शारीरिक व्यायाम गर्नु यो रोगबाट बच्न सकिन्छ । खानपिनमा विशेष ध्यान दिने । पोषण तत्त्वहरूको कमी हुन नदिनु यो रोगबाट बच्ने उपाय हुन् ।