भेरी अस्पताल नेपालगञ्जमा बर्दियाका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका अनुसार, बर्दिया मधुवन नगरपालिका वडा नम्बर ५ का ४४ वर्षीय पुरुषको मंगलबार बिहान मृत्यु भएको हो ।
भदौ २१ गते बर्दियामा पीसीआर गरिएका उनलाई त्यही दिन भेरीमा भर्ना गरिएको थियो । बिहान पौने ८ बजे उनको मृत्यु भएको हो ।
योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा मृत्यु हुनेको संख्या ४ सय १५ जना पुगेको छ ।