नेपालमा पछिल्लो २४ घण्टामा थप १५ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका अनुसार पीसीआर विधीबाट ११ हजार २ सय ८ जना एन्टीजेन्ट विधीबाट ३ हजार ९ सय ७१ जनामा परिक्षण गर्दा १५ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण आज थप ११ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको सँख्या ११ हजार २ पुगेको छ। कोरोनाबाट आज थप १६ सय ८९ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।